चेतनामूलक कार्यक्रमहरूमा जोड दिनुपर्छ,डा.संगीता रायमाझी, प्रोफेसर

डा.संगीता रायमाझी, प्रोफेसर

चेतनामूलक कार्यक्रमहरूमा जोड दिनुपर्छ । कसैले कसैलाई हिंसा गर्नुमा ऊ कस्तो पारिवारिक तथा सामाजिक वातावरणमा हुर्किएको छ भन्ने कुरामा निर्भर हुन्छ ।

तसर्थ परिवार र वरिपरिको वातावरणलाई मैत्रीपूर्ण बनाउनु जरुरी छ । महिला–पुरुष दुवैद्वारा हिंसा हुन सक्ने कुरा अब हामीले स्वीकार गर्नैपर्छ । महिला–पुरुष दुवैका लागि समान ज्ञान र शिक्षाले चेतना जगाउँछ । हिजोआज बालबालिकाहरू सानै उमेरदेखि टेलिभिजन हेर्छन् ।

सञ्चार माध्यमले यस विषयसँग सकारात्मक सूचना प्रवाह गर्नु जरुरी छ । महिला हिंसा न्यूनीकरणका कार्यक्रम लक्षितवर्गसम्म पुग्नु अत्यन्त जरुरी छ । नारीबाट साभार,

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here