चेक गणतन्त्रका लागि गैरआवासीय राजदूत खनालद्धारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ, २० वैशाखः चेक गणतन्त्रका लागि नेपालका गैरआवासीय राजदूत रमेशप्रसाद खनालले त्यहाँका राष्ट्रपति मिलोस जेमानसमक्ष प्रागस्थित राष्ट्रपति प्रासादमा बुधबार आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको सद्भावना तथा मैत्री सन्देश राष्ट्रपति जेमानसमक्ष प्रस्तुत गर्नुभएको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राष्ट्रपति जेमानले चेक गणतन्त्र र नेपाल बीचको दौत्य सम्बन्ध प्रगाढ बन्दै गएकामा प्रशन्नता व्यक्त गर्नुभयो । राजदूत खनालले नेपालको सामाजिक–राजनीतिक विकास क्रम, नयाँ सरकार गठन तथा त्यसले निर्धारण गरेका आर्थिक समृद्धिका लक्ष्यबारे राष्ट्रपतिलाई अवगत गराउनाका साथै दुई देशबीच व्यापार, लगानी र पर्यटन प्रवद्र्धनमा जोड दिनुभएको दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here