चुनावी सुरक्षा तीन तहको घेरामा

काठमाडौं, २० बैशाख– आसन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

तीनवटा प्रदेशमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा म्यादी प्रहरी गरी ८० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सुरक्षा व्यवस्थालाई मध्यनजर गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको गृहका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबै सुरक्षाकर्मी आ–आफ्नो कार्यक्षेत्रमा गइसकेका छन् । आवश्यक सुरक्षा व्यवस्था मिलाउन कार्यक्षेत्रमा पठाइएको पन्थीले बताउनुभयो ।

प्रहरी २२ हजार ६९५ र म्यादी प्रहरी २२ हजार ७ सय खटाइएको नेपाल प्रहरीका प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीका अनुसार २५ हजार सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिएका छन् । यस्तै, नेपाली सेनाले पनि निर्वाचन सुरक्षाका लागि सैनिक परिचालन भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here