बझाङ,२ मंसिर–आसन्न निर्वाचनलाई आफ्नो पक्षमा पार्न आफै चुनावी सभामा सम्बोधन गर्दै हिड्नुभएका प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले आजपनि सुदुरपश्चिमका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
चुनावी अभियानका क्रममा सुदूरपश्चिममा रहनुभएका प्रधानमन्त्री देउवाले आज बझाङ र बाजुराका चुनावी सभालाई सम्बोधन गर्दै हुनुहुन्छ ।
तीनदिन देखि सुदूरपश्चिममै रहनुभएका देउवाले आज बझाङ र बाजुराका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका स्वकीय सचिव भानु देउजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री देउवाले ती जिल्लामा शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी समेत लिनुहुनेछ । यसअघि हिजो बैतडी र दार्चुलामा आयोजित ५ वटा चुनावी सभालाई सम्बोधन गर्नुभएको थियो ।

