चुनावी झडपमा पाँच घाइते

web

मलेखु (धादिङ), २५ वैशाख । गजुरी गाउँपालिका–८ चैनपुरमा आज नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमा माओवादीका ६० वर्षीय मायानाथ अधिकारी, ३६ वर्षीय नारायण अधिकारी, ३५ वर्षीय सावित्री अधिकारी तथा एमालेका २४ वर्षीय सुरेन्द्र बराल र २३ वर्षीय मिलन बराल छन् ।

दुवै पक्षको चुनावी प्रचारप्रसारका क्रममा चैनपुरमा जम्काभेट भएपछि झडप भएको हो । घाइतेमध्ये मायानाथ र नारायणलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here