चुनावमा अपत्यारिलो नतिजा आएपछि राप्रपाको कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं, ८ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक पनि आजै बोलाएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि चुनावको समीक्षा गर्न केन्द्रीय कार्यालय धूम्रबाराहीमा बैठक बोलाइएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो।
बैठकमा सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, संविधान संशोधनले पार्ने दूरगामी प्रभावका बारेमा पनि छलफल हुने पाठकले बताउनुभयो । पार्टीको संसदीय दलले यसअघि सरकारले ल्याएको पछिल्लो संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ ।

संविधान संशोधनका विषयमा पार्टीभित्र विवाद भएपछि केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय गर्न लागिएको हो ।  स्थानीय तहको अर्को निर्वाचनमा पार्टीलाई सफल बनाउन गर्नुपर्ने राजनीतिक गतिविधिका बारेमा पनि छलफल गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here