धनकुटा, १९ चैत– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनबाट भाग्नेहरुको हैसियत समाप्त हुने बताउनु भएको छ ।
प्रेस चौतारी धनकुटाले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले संविधान कार्यन्वयन र केन्द्रको अधिकार स्थानीय तहमा ल्याउनका लागि एक मात्र विकल्प निर्वाचन भएकाले कोही पनि भाग्न नमिल्ने बताउनुभयो ।
उहाँले एमाले संबिधान संशोधनकोबिरुद्ध नरहेको समेत प्रष्ट पार्नुभयो ।

