चुनावपछि प्रचण्ड-बाबुरामको पहिलो भेटवार्ता, के भयो कुराकानी?

काठमाडौं, १६ पुस – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

दुई नेताबीच चुनावपछि भएको यो पहिलो भेट हो । यसअघि प्रचण्ड र भट्टराईबीच प्रकाश दाहालको निधन हुँदा मंसिर ३ गते भेट भएको थियो । उक्त भेटपछि आज पहिलो भेट भएको हो । अध्यक्ष दाहालसँगको भेटमा भट्टरार्इ पत्नी हिसिला यमी पनि हुनुहुन्थ्यो । भेटमा अध्यक्ष दाहालले संयोजक भट्टराईलाई मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभएको थियो । ‘प्रचण्डजीले बाबुरामलाई हामी पनि तपाईंहरुकै एजेण्डामा आइपुग्यौं भन्दै मूलधारको राजनीतिमा आउन आग्रह गर्नुभयो,” नयाँ शक्ति पार्टी नेपालकी नेतृसमेत रहेकी यमीले भन्नुभयो ।’

बाबुरामले ल्याएको आर्थिक विकास र समृद्धिको एजेन्डा कार्यान्वयनका लागि दाहालले माओवादीमा या वाम ध्रुवीकरणमा आउन आग्रह गरेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग एमालेसँगको पार्टी एकता र नयाँ सरकारको बारेमा आफूहरुले जानकारी लिएको यमीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here