चीनमा राष्ट्रपतिको व्यस्तता

काठमाडौं,१२ बैशाख ।  चीनको नौदिने राजकीय भ्रमणका लागि चीन पुग्नुभएकी राष्ट्रपति भण्डारी आज दिउँसो चीनको राजधानी बेइजिङ पुग्दै हुनुहुन्छ । उहाँले आजै सान्सीका गभर्नर लिउ कोचोङसँग भेटवार्ता गर्नुभएको छ । उहाँले युनेस्को विश्व सम्पदामा सूचीकृत टेराकोटा वारियर्सस्थलको भ्रमण गर्नुभएको छ ।

बेइजिङमा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो सम्मेलनमा सहभागी हुन चीन भ्रमणमा जानुभएकी भण्डारीको पहिलो चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ । चीन रहदा राष्ट्रपतिले बीआरआइ सम्मेलन र साइडलाइनमा हुने गोलमेच सम्मेलनमा सम्बोधन गर्ने कार्यसुची रहेको छ । राष्ट्रपति भण्डारी र चीनिया प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।

भ्रमणका क्रममा पारवहन तथा परिवहन सम्बन्धी प्रोटोकललाई कार्यान्वयन गर्ने, नाकाहरू थप व्यवस्थित गर्ने, सञ्जाल विस्तार गर्नेलगायतमा सहकार्यसम्बन्धी समझदारी हुने छ । राष्ट्रपति भण्डारी ल्हासा हुँदै वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here