चीनमा चुनाव नेपालका नाका बन्द

काठमाडौं,१ कार्तिक– चीनमा आज हुन लागेको कंग्रेससभाको चुनावका लागि रसुवागढी नाका बन्द गरिएको छ । नेपाल र चीनबिच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका हिजोबाट ६ दिनका लागि बन्द गरिएको हो ।
१९ औँ चिनियाँ नेशनल कंगे्रससभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने भएकाले चिनियाँ पक्षले सीमा नाका बन्द गरेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलले जानकारी दिनुभयो ।
चुनावभरका लागि चीनको केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ । व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फर्काइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here