काठमाडौं,२० कार्तिक– चिनियाँ रेल नेपालतर्फ विस्तारको मोडालिटीबारे छलफल गर्न उच्चस्तरीय चिनियाँ टोली आज नेपाल आउँदैछ ।
चिनियाँ वरिष्ठ रेल–वे अधिकारी चेङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली नेपाल आउने भएको हो । चेङ चीनमा रेल मामिला हेर्ने निकाय नेसनल रेल–वे एडमिनिस्ट्रेसनका उपप्रमुख हुनुहुन्छ ।
चिनियाँ टोली रसुवागढी, पोखरा र लुम्बिनी पुगेर रेल विस्तारको विषयमा अध्ययन गर्ने विभागका सूचना अधिकारी प्रकाशभक्त उपाध्यायले जानकारी दिनुभयो ।
यसैबिच चिनियाँ टोली र भौतिक पूवाृधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीबीच आज नै द्धिपक्षीय भेटवार्ता हुने भएको छ । टोलीमा चिनियाँ विदेश मन्त्रालय, अर्थ मन्त्रालय, इन्जिनियर, परामर्शदाता सहभागी रहेका छन् ।

