चिलीमा ६.७ म्याग्नीच्यूडको भूकम्प

सान्टियागो, ६ माघ। दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो।

भूकम्पको अनुभव चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा गरिएको थियो।

भूकम्पपछि हजारौं घरमा विद्युत सेवा अबरुद्ध भएको थियो। राष्ट्रिय विपद कार्यालयका रिकार्डो टोरोका अनुसार भूकम्पबाट जनमानसमा त्रास फैलिएको थियो। तर, भूकम्पबाट जनधनको क्षति भएको विवरण प्राप्त नभएको रिकार्डोले बताउनुभयो । चिली विश्वमै भूकम्पीय जोखिमयुक्त राष्ट्र हो।

सन् १९६० मा चिलीको भाल्डीभियामा गएको भूकम्प सबैभन्दा ठूलो मानिन्छ। अमेरिकी सर्भेका अनुसार त्यसबखत ९ दशमलब ५ म्याग्नीच्यूडको भूकम्प गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here