चिया बगानका मजदुर काममा फर्किए

झापा,३१ बैशाख ।  उद्योगी र ट्रेड यूनियनबीच ३ बुँदे सहमतिपछि आजदेखि झापाका सबै चिया बगानमा काम सुरु हुने भएको छ । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर सडक आन्दोलनमा उत्रिएका थिए ।
हिजो साँझ विर्तामोडमा उद्योगी र ट्रेड यूनियनहरुबीचको वार्तामा ३ बुँदे सहमति जुटेपछि आन्दोलन फिर्ता भएको हो । वार्तामा श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयन गर्ने, राजपत्रमा प्रकाशित भए अनुसार मजदुरलाई ०७५ साउन १ देखि नै दैनिक ज्याला ३ सय ८५ रुपैयाँ दिने र आन्दोलनको अवधिमध्ये मजदुरलाई ११ दिनको पारिश्रमिक भुक्तानी गर्ने सहमति जुटेको छ ।

उद्योगीहरु श्रम ऐन कार्यान्वयन गर्न सहमत भएकाले आन्दोलन फिर्ता लिएको अखिल नेपाल चिया मजदुर संघकी केन्द्रीय अध्यक्ष सीता सापकोटाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here