चिनिया लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह: नेपालमा ढुक्कसँग लगानी गर्नुहोस

बेइजिङ, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ । ६ दिने भ्रमणको क्रममा चीनको राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओलीले नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा उपस्थित चिनिया लगानीकर्तालाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो । नेपालमा स्थीर सरकार बनेसँगै लगानीको वातावरण बनेको भन्दै ओलीले ढुक्कसँग नेपालमा लगानी गर्न आउन निम्ता दिनुभयो ।
नेपालले एक चीन नीतिलाई सदा समर्थन गर्दै आएको दोहोर्‍याउँदै उहाँले चीनले गरेको तीव्र विकासबाट नेपालले पनि लाभ लिन चाहेको समेत बताउनुभयो । नेपाल बेल्ट एण्ड रोड इनिसियटिभ्स बीआरआईमा आबद्ध भइसकेकोले अब ठूला लगानी र हिमालपारिको कनेक्टीभिटीमा जोड दिनुपर्ने बताउनुभयो।
चिनियाँ भाषामा नै सम्बोधनको पहिलो लाइन वाचन गरेर प्रधानमन्त्रीले उपस्थित चिनियाँको ध्यान केन्द्रित गनुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here