चिनियाँ राष्ट्रपति सी पहिलो पटक हङकङ भ्रमण गर्दै

एजेन्सी, ११ असार । चिनियाँ राष्ट्रपति सी चिनफिङले जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्ककङ भ्रमण गर्ने भएका छन।

उनले यसैहप्ता हङ्कङ भ्रमण गर्न लागेको चिनियाँ समाचारमाध्यमले जनाएका छन्।  हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उनी त्यहाँ जान लागेको चिनियाँ सरकारी संचारमाध्यमले जनाएका छन् ।

आगामी हप्ता सो हस्तान्तरणको २० बर्ष पुग्न लागेको छ। सोही अवसर पारेर हङकङमा आयोजना हुन लागेको समारोहमा चिनियाँ राष्ट्रपतिले हङ्कङ भ्रमण गर्न लागेको पुष्टि भएको हो। उनी सन् २०१३ मा चीनको राष्ट्रपति भएपछिको यो पहिलो हङ्कङ भ्रमण हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here