चिनियाँ टोलीले भदौ पहिलो साता रेलमार्गबारे प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं,७ साउनःकेरुङ–काठमाडौं  रेलमार्ग सम्भाव्यता अध्ययन गरेको चिनियाँ टोलीले आगामी भदौ ४ र ५ गते आफ्नो प्रतिवेदन सार्वजनिक  गर्ने भएको छ । चिनियाँ रेल प्रशासनका उपप्रमुख जेङ जियान नेतृत्वको उच्चस्तरीय चिनियाँ टोलीले अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने मिति तय गरेको हो ।

टोलीले आगामी अगष्ट २० र २१ मा प्रतिवेदन सार्बजनिक गर्ने भन्दै नेपाली पक्षलाई समेत बोलाएको रेल बिभागका सुचना अधिकारी प्रकाशभक्त उपाध्ययले जानकारी दिनुभयो । चीनको सियाङमा सो प्रतिवेदन सार्वजनिक गर्ने गरी नेपाली पक्षलाई बोलाइएको उहाँले बताउनुभयो । सो रेलमार्ग निर्माणको जियान नेतृतवको टोलीले १० दिने अध्ययन गरेको थियो । झण्डै १ सय किलोमिटरको सो रेलमार्ग निर्माणका लागि २ खर्ब ६९ अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान छ ।

त्यद्यपी चिनियाँ टोलीले विभिन्न रुटको विषयमा पनि अध्ययन गरेकाले त्यसको यकिन भने हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको सहमतीअनुसार नै चिनियाँ पक्षले रेलमार्ग निर्माणको पहल तिब्र पारेको हो । केरुङ काठमाडांै परियोजना पछि चिनियाँ टोलीले काठमाण्डौ पोखरा लुम्बीनी जोड्ने परियोजनाको कामपनि अघि बढाउने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here