चितवन पुगेको प्रचण्डले भने – प्रदेशको राजधानी चितवन पनि बन्न सक्छ

काठमाडाैं, २१ पुस – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन प्रदेशको राजधानी पनि बन्न सक्ने सम्भावना रहेको बताउनुभएको छ । आज चितवन उद्योग संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले चितवन हरेक हिसावले प्रदेशको राजधानीका लागि उपयुक्त रहेको बताउनुभयो ।

‘चितवन प्रदेशको राजधानी पनि बन्न सक्छ’, उहाँले भन्नुभयो, ‘तर अहिले नै ठोकुवा गरेर भन्ने अवस्था छैन।’ उहाँले चितवन प्रदेशको राजधानी नबने पनि आर्थिक समृद्धिका हिसाबले देशकै उत्कृष्ट जिल्ला हुने दावी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले आफू चितवनको जनप्रतिनिधि नहुँदा पनि यहाँको विकासमा लागि परेको बताउनुभये । ‘म पहिला सिरहाबाट जनप्रतिनिधि हुँदा पनि यहाँको विकासका लागि लागि परेको थिए’, उहाँले भन्नुभयो, ‘अहिले त म यहाँका जनताको प्रतिनिधि भएर सिंहदरवार पुगेको छु, यहाँको विकासका लागि पर्नेछु।’

अध्यक्ष प्रचण्डले देशमा राजनीतिक क्रान्ति पूरा भएको भन्दै अब आर्थिक क्रान्तिको दिशामा अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले नेपाली जनताले वाम गठबन्धनमाथि विश्वास गरेका कारण जनतालाई धोका हुन नहुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here