चिकेनकरीसँग विवाह प्रस्ताव

एजेन्सी– बेलायतको नर्थम्टनस्थित एक रेस्टुराँले आफूले बनाएको सर्वाधिक मीठो चिकेन करीको विवाह गराउन खोजेको कुरा बताएको छ ।

सेफ्रोन रेस्टुराँका मालिक नाज इस्लामले आफ्नो रेस्टुराँमा तयार हुने म्याङ्गो चिकेन करीको विवाह गर्न उचित व्यक्तिको खोजी गरिरहेको जनाएका छन् । यदि कसैले यो चिकेन करीसँग विवाह गरे ती व्यक्तिलाई एक वर्षसम्म उक्त करी नि:शुल्क दिने प्रस्तावसमेत गरिएको छ ।

यो तथ्य खानेकुरासम्बन्धी एक ब्लगरले सार्वजनिक गरेपछि चर्चामा आएको हो । रेस्टुराँले चिकेन करीसँग विवाह गर्ने व्यक्ति फेला परे भव्य रूपमा विवाह सम्पन्न गर्ने पूर्वतयारी पनि गरिसकेको बताइन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here