चिकित्सा शिक्षा विधेयक पास

web photo

काठमाडौं, २६ साउन– संसदको महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिको कार्यदलले मनमोहन, बी एन्ड सी मेडिकल लगायतका कलेजलाई सम्वन्धन दिन सकिने गरी चिकित्सा शिक्षा विधेयक पास गरेको छ ।

अब केहीबेरमा समितिको पूर्ण बैठक बस्नेछ र विधेयक पेश हुने कार्यदल सदस्य रामहरि सुवेदीले बताउनुभयो । स्रोतका अनुसार कार्यदलले सरकारले ल्याएको विधेयकको दफा १३ मा संशोधन गरेको छ र, आशयपत्र प्राप्त गरी सम्वन्धित निकायले तोकेको पूर्वाधार भएको र निरीक्षण अनुगमन भइसकेकालाई सम्वन्धन दिन सकिने गरी संशोधन गरेको
छ ।

यो संशोधन हुबहु पास भएमा काठमाडौंमा मनमोहन, बिर्तामोडको बी एण्ड सी लगायतका आशयपत्र प्राप्त मेडिकल कलेजले सम्वन्धन पाउनेछन् । यो विधेयक लागू भएपछि उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने दफा १२ मा भने कायमै राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here