चाल्र्स शोभराजको मुटुको भल्भ फेरिने

काठमाडौं, २६ जेठ–बिकिनी किलर का नामले कुख्यात फ्रान्सेली नागरिक चाल्र्स शोभराजको लागि राजधानीको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरिने भएको छ ।

उनको स्वास्थ्य जाँचपछि शुक्रबार सल्यक्रिया गर्ने निधोमा चिकित्सक पुगेको अस्पताल स्रोतले बतायो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

१४ बर्षअघि काठमाडौंस्थित एउटा क्यासिनोबाट गिरफ्तार शोभराज हत्या मुद्दमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि जेलमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here