चालू बजेटमा पनि अनियमितताः वर्षान्तमा मनपरी खर्च, एकै दिनमा ६ अर्ब

काठमाडौं, २४ असार । चालू आर्थिक वर्षको पछिल्लो १५ दिन असार १५ देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न सुरु गरेका छन्।

विगत वर्षहरुमा जस्तै यो वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बौं रुपैयाँ दोहन गर्न सुरु गरिएको हो। आइतबार ९असार २२० मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ चालू खर्चअन्तर्गत भुक्तानी दिइएको छ ।

सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ सय ३० दिन ९असार १ ० सम्म चालू खर्च दैनिक औसतमा एक अर्ब ८४ करोड रुपैयाँका दरले भएको थियो। तर असार १५ पछिको सात दिनमा भने यो खर्च दैनिक औसतमा सबा ३ अर्ब रुपैयाँका दरले भइरहेको छ ।

सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आवको असार १ सम्म ६ खर्ब १० अर्ब रुपैयाँ चालू बजेट खर्च भएको छ । असार १ देखि १५ सम्म खर्च बढेर ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । १५ दिनमा मात्रै ३९ अर्ब रुपैयाँ खर्च भएको छ । यो औसतमा दैनिक २ अर्ब ६० करोड हो ।

वर्षको अन्तिम दिनतिर झनै खर्च बढेर गएको देखिन्छ । पछिल्लो एक साता ९असार १६ देखि २२० मा २२ अर्ब रुपैयाँ खर्च गरिएको छ। असार २२ मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ भुक्तानी दिइएको छ । अब बाँकी ८ दिनमा योभन्दा पनि बढी रकम खर्च हुने निश्चित छ । आजको नागरिक दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here