चार मिनेटको काम १३ घन्टाको तयारी

काठमाडौं, ८ वैशाख– मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राती उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिदै चौरमा पुगेर धस्सिएको मलेसियाली जहाज बाहिर निकाल्न जम्मा चार मिनेट लाग्यो ।

यो घटनामा सबैको एउटै चासो छ, ‘चौरमा धस्सिएको जहाज निकाल्न चार मिनेट लाग्नेरहेछ, अनि किन विमानस्थल पुनःसञ्चालन गर्न साढे १३ घण्टा लाग्यो ।

‘हो, त्यही चार मिनेटको काम फत्ते गर्न हामीलाई त्यति धेरै समय लाग्न पुग्यो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले शुक्रबार भो ‘असाध्यै संवेदनशील काम भएका कारण जहाजको अगाडिको पांग्रामा रहेको भागमा फलामको पाता राख्न खन्नेदेखि इन्जिन जोगाउन वरिपरि खालडो खन्नेसम्मका काम गर्न घण्टौं लाग्यो ।’
आजको नागरिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here