काठमाडौं, २७ जेठ–असार ३० गतेबाट प्रदशन मा आउने निर्देशक सुदर्शन थापा निर्देशित र नेपाली चलचित्र का दर्शक हरु को लागी बहु प्रतिक्षित चलचित्र म यस्तो गीत गाउछु को आज टेलर सार्वजनिक भएको छ।
प्रेमकथामा निर्मित चलचित्र म यस्तो गीत गाउछु को सार्वजनिक गरिएको टेलर मा नायिका पूजा र नायक पल शाह को लभ ,रोमण्टिक्, सेण्टिमेन्टल देखाइएको छ ।
निर्माण युनिट ले आयोजना गरेको टेलर सार्वजनिक कार्यक्रम मा आफुले निर्माण र निर्देशन गरेको अघिल्ला चलचित्र हरु भन्दा एक स्टेप माथी राम्रो बनेको र दर्शक हरु ले पनि एक स्टेप माथी नै रहेर माया गर्ने मा आफु बिश्वस्त रहेको चलचित्र का निर्देशक सुदशन थापा ले बताए ।
चलचित्र मा पुजा शर्मा र पल शाह को अलवा सरोज खनाल,रुपा राना,राजाराम पौडेल, मोहन निरौला, नबिन मानन्धर, बिक्रम सेन्, अर्जुन गुरुङ लगाएत कलाकार हरु को अभिनय हेर्न पाइने छ भने,अर्जुन पोखरेल को संगीत, कबिराज गहत राज को नृत्य,अस्त महर्जन को द्रन्द,सन्जय लामाको छाँयाकन्,सुगम पोखरेल ,अन्जु पन्त,प्रमोद खरेल र संगीतकार अर्जुन पोखरेल को स्वर रहेको छ।

