चलचित्र ‘गरुड पुराण’ प्रदर्शनमा

काठमाडौ‌ँ, ४ माघ । सामाजिक तथा कमेडी कथा वस्तुमा निर्माण गरिएको चलचित्र ‘गरुड पुराण’ प्रदर्शनमा आएको छ । चलचित्रले सोलो रिलिजको अवसर पाएको हो।

चलचित्र ‘गरुड पुराण’ सुवास कोइरालाको निर्देशनमा बनेको छ । चलचित्रमा कर्मा शाक्य, नाजिर हुसेन, प्रियंकासिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, जान्वी बोहोरा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधरलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

कशम नेपालले लेखेको चलचित्रको कथामा पटकथा आकाश बरालको रहेको छ । चलचित्रमा बिनोद खतिवडा र आकाश बरालको संवाद, कोशिस क्षेत्रीको संगीत, सुसन प्रजापतिको छायांकन, उज्वल ढकालको सम्पादन रहेको छ । अजित फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अजित प्रजापती र अशोक गौतमको लगानी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here