चरमपन्थी हमलामा ५० सर्वसाधारणको मृत्यु, राष्ट्रपतिद्धारा निन्दा

एजेन्सी–अफगानिस्तानको सारीपुल प्रान्तमा भएको चरमपन्थी आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा महिला र बालबालिकासमेत छन् ।
सारीपुल प्रान्तको मिर्जावालाङ्ग क्षेत्रस्थित एक सुरक्षा चौकीलाई चरमपन्थीहरुले निशाना बनाएका थिए । यो चौकीको नेतृत्व स्थानीय पुलिस नै लिएका थिए । सुरक्षा चौकीमा आक्रमण गरेपछि चरमपन्थीहरुले गाउँमा रहेका सिया मुसलमानलाई निशाना बनाउन शुरु गरेका थिए । उनीहरुले नजिकका घरमा आगोसमेत लगाइदिएका थिए ।

यसैबीचः अफगानिस्तानका राष्ट्रपति असरफ घानीले चरमपन्थी आक्रमणको निन्दा गरेका छन् ।

उनले चरमपन्थीहरुले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर मानवअधिकारको घोर उल्लंघन र युद्ध अपराध गरेको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here