चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै

बैतडी, २३ असोज: बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९÷६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ ।

दार्चुला–बैतडी सडक खण्डमा पर्ने सो पुल जीर्ण अवस्थामा पुगेपनि मर्मतको पहल नभएको स्थानीय व्यापारी सुरेश श्रेष्ठ बताउनुहुन्छ । दार्चुलालाई सडक सञ्जालसँग जोड्ने १२० मिटर लामो सो पुल रु पाँच करोडमा निर्माण भएको हो । सोह्र वर्षअघि निर्माण पूरा भएको पुलको समयमा मर्मत र संरक्षण नहुँदा कमजोर बन्दै गएको छ । “निर्माणपछि पुल मर्मत गरिएको छैन,” उहाँले भन्नुभयो ।

उक्त पुल निर्माणसँगै दार्चुला राज्यको सडक मार्गसँग जोडिएको हो । गुणस्तरयुक्त काम नहुँदा पुल जीर्ण बदै गएको स्थानीयवासी तिलक साउदले बताउनुभयो ।

चमेलिया पुलले बैतडी र दार्चुलाको आर्थिक वृद्धिमा टेवा पु¥याएको छ भने देशका विभिन्न स्थानबाट आउने सयाँै यातायातका साधन यही पुल भएर भित्रिने गरेका छन् । क्षमताभन्दा बढी र ठूला यातायातका साधनका कारण पुल जीर्ण बन्दै गएको हो । वर्खामा पानी पुलमै जम्मा हुने गरेको स्थानीयवासी अमरराज जोशी बताउनुहुन्छ । “पानी जम्मा भएका बेला पैदल हिँडडुल गर्नसमेत सकिन्न,” उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here