चन्द्रागिरिमा प्रधानमन्त्री ओलीले कविता रच्ने

काठमाडौं,१४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रगिरीमा कविता रच्नुहुने भएको छ । भानुजयन्तीका अवसरमा यही असार २९–३१ गते मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा चन्द्रागिरिमा हुने ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ कलासाहित्य कार्यशालामा आफू पनि सहभागी भई कविता रच्ने जानकारी दिनुभयो हो ।  जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको  विचारगोष्ठी एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण समारोह’मा यस्तो बताउनुभएको हो ।
यसैबीच,प्रधानमन्त्री ओलीले मुलुकको ढुुकुटी रित्तो भएका कारण आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको बताउनुभएको छ ।  आगामी वर्षदेखि सामाजिक सुरक्षा भत्ता र अन्य सुविधा वृद्धि गर्दै लैजाने प्रधानमन्त्रीको धारणा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here