चट्याङ लागेर आमाछोरा घाइते

कञ्चनपुर, ३ फागुन। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा आज चट्याङ लागेर आमाछोरा घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन् ।

घाइते दुबै जनाको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ । दुबै जनाको अवस्था सामान्य रहेको छ।

घरमै रहेका बेला दुबै जनालाई चट्याङ लागेको हो । सोही ठाउँका जयसिंह खत्रीको घरमा चट्याङ लागेर ब्याउने भैँसीको मृत्यु भएको छ ।

चट्याङबाट खत्रीको घरको छानामा लगाइएको टायल फुटेको, विद्युत् वायरिङ पूरै जलेको र ट्युवेलमा पानी तान्न राखेको विद्युतीय मोटर जलेको प्रहरी निरीक्षक अवस्थीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here