चट्याङ लागेर अछाममा सात जना घाईते

अछाम,१५ वैशाख । अछामको मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर सात जना घाइते भएका छन्। असिनापानीसँगै परेको चट्याङ लागेर नगरपालिका–५ का घाइतेमध्ये मनिषा भाटलाई बढी चोट लागेको प्रहरीले जनाएको छ। छ जना सामान्य घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । यस्तै चौरपार्टी गाउँपालिका–१ सिउडीको छरी खोलामा आएको बाढीले छ बाख्रा मरेको तथा १०० भन्दा बढी बाख्राको उद्धार बताइएको छ । यस्तै पाकिसकेको गहुँ र तरकारी खेतीमा ठूलो असिनापानीले क्षति पुर्‍याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here