चट्याङले दुईको मृत्यु, तीन घाइते

प्यूठान, २६ माघ। चट्याङले लाग्दा प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिवाङ खारखोलामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

शुक्रबार राति १० बजेतिर परेको चट्याङबाट एक हप्ताको बिदामा घर आएका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरुङ र २७ वर्षीय नौमती घर्तीको ज्यान गएको हो ।

घटनामा ७ वर्षीय तेजी पुन, ६० वर्षीय बोमबहादुर घर्ती र ६२ वर्षीय रूद्र पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताउनुभयो । नौबहिनी गाउँपालिका–६ र झिमरूक गाउँपालिकामा पनि चट्याङले पशु चौपायमा क्षति पु¥याएको उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here