घरायसी विवादमा बुहारीद्वारा सासूको हत्या

धुलिखेल,१ साउन । धुलिखेलमा बुहारीले सासूको हत्या गरेकी छिन् । धुलिखेल नगरपालिका–१, देवीटारमा घरायसी विवादका क्रममा बुहारी सुन्तली तामाङको कुटाईबाट ६३ वर्षीया सासु माइलीमाया तामाङको मृत्युभएको थियो ।

प्रहरीका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइली मायाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा विहान १ बजे मृत्यु भएको हो । हत्यामा संलग्न २४ वर्षीया बुहारी सुन्तलीलाई बनेपा इलाका प्रहरी कार्यालयले हिरासतमा राखी अनुसन्धान थालेको छ ।

सुन्तलीले ससुरा र श्रीमान्कै अगाडि घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काई गम्भीर घाइते गराएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here