घरसँगै तीन बालिको जलेर मृत्यु

web photo

रसुवा । रसुवामा आगोले जलेर तीन बालिकाको ज्यान गएको छ । रसुवाको नौकुण्ड गाउँपालिका–५ सिस्नेरीमा घरमा सल्केको आगोमा जलेर तीन बालिकाको ज्यान गएको हो । ज्यान जानेमा ६ वर्षकी अस्मिता मोक्तान, ७ वर्षकी रिफोला मोक्तान र ३ वर्षकी मंगलीमाया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सरतकुमार थापा क्षेत्रीले बताउनुभयो ।

बुवाआमा घेवामा गएको समयमा घरमा रहेको पोस्टरमा आगो बाल्ने क्रममा पूरै घर जलेको र त्यसमा परेर बालिकोको मृत्यु हुन पुगेको उहाँले बताउनुभयो ।

आगोले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट २ मुरी कोदो, ७ मुरी धान र २० मुरी धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । मृत्यु भएको बालिकाको पोष्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here