घरको खम्बामा ठोक्किँदा बालकको मृत्यु

Dead body in a mortuary

दमक, २३ जेठ । आफ्नै घरको खम्बामा टाउको ठोक्किएर झापाको गौरादहमा एक बालकको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय गौरादहका अनुसार यसरी ज्यान जानेमा गौरादह नगरपालिका–१ बस्ने डिल्ली दाहालका ६ वर्षीय छोरा आयुष रहेका छन् ।

सोमबार साँझ ६ बजेतिर घरमा खेल्दै गरेका बालकको अचानक खम्बामा टाउको ठोक्किएको थियो । खम्बामा टाउको ठोक्किएर गम्भीर भएका उनलाई उपचारका लागि दमकतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here