ग्रामीण भेगमा अवैध औषधि पसलले सर्वसाधारण ठग्दै

उदयपुर, १६ असार-उदयपुर जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा सञ्चालन हुँदै आएका केही औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सम्बन्धित क्षेत्रका सोझासाझा स्थानीय सर्वसाधारण जनता ठग्ने कार्य गर्न थालेका छन् ।

जिल्लाको रौतामाई गाउँपालिकाको मुर्कुची बजार, सल्ले, फोक्सिङटार, भुटार, रसुवा, उदयपुरगढी गाउँपालिकाको पञ्चावती तथा नेपालटार बजार र कटारी नगरपालिकाको घुर्मी क्षेत्रमा अहिले कृतिम औषधि पसल सञ्चालक तथा क्लिनिक सञ्चालकले लुट मच्चाइरहेको आम स्थानीयवासी बताउन थालेका छन् ।

रसुवाघाट बजार क्षेत्रमा अहिले लाइसेन्स नभएकाले पनि औषधि बिक्री गर्ने गरेको र एउटा औषधिको मूल्य दोब्बर महँगोमा बिक्री गर्ने गरेको रसुवाघाटका सुजन मगरले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here