ग्यास सिलिन्डर पड्किँदा २ मजदुरको मृत्यु

Dead body in a mortuary

सिन्धुपाल्चोक,११ चैत । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–४ स्थित अपरचाकु जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिन्डर पड्किँदा सोमबार २ मजदुरको मृत्यु भएको छ।

खाजा बनाउँदै गर्दा एक्कासी सिलिन्ड पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

अविरल वर्षाका कारण प्रहरीलाई घटना स्थलको जानकारी लिन गाह्रो भएको जनाएको छ भने भोली बिहान थप विवरण आउने प्रहरीको भनाई छ । जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपरचाकु जलविद्युत आयोजनाका मजुदुर भएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here