गोसाइकुण्ड गांउपालिका–२ टिमुरेमा भिसन पहिरोःमृत्युहुनेको संख्या ८ पुग्यो

काठमाडौं,१० साउनःरसुवाको गोसाइकुण्ड गांउपालिका–२ टिमुरेमा गएराती खसेको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । १ जना बेपत्ता छन् । बैपत्ताको खोजी भैरहेको छ ।

पहिरोमा परी गोसाइकुण्ड गाउँपालिका –१ थुमनका मिङ्मार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ र मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्का, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिनुभयो । पहिरोमा परी १२ जना घाइते भएका छन् । तीमध्ये गम्भिर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

सामान्य घाइते ७ जना सामान्य उपचार पछि घर फर्किएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताउनुभयो । पहिरोले टिमुरेस्थित अस्थाइ प्रहरी बिट, २ वटा टहरा र एक होटेल समेत पुरिएको छ । २ वटा कन्टेनर र एउटा ट्रकमा पनि क्षति पुगेको छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले मृतकका परिवारलाई तत्काल नगद १ लाख राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यस्तै, घर टहरा भत्केकालाइ तत्काल राहत स्वरुप १० हजार र घर निर्माण गर्न थप ५० हजार रुपैयाँ उपलब्ध गराइने पौडेलले बताउनुभयो ।

news by http://bit.ly/2LR2EVy

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here