गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरें

रसुवा, २ असार । रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् । चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् । समुद्री सतहदेखि १४ हजार फिटको उचाइमा अवस्थित पौराणिक एवं धार्मिक तीर्थ गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्नाले अञ्जानमा भएगरेका सबै पाप मोक्ष हुने, नयाँ जोस जाँगर बढ्ने तथा घर परिवारमा सुख शान्ति मिल्ने धार्मिक विश्वस रहेको पुरोहित टंकप्रसाद ढकालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here