काठमाडौं,२६ असोज– अज्ञात व्यक्तिको गोली प्रहारवाट मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज अन्त्यष्टि गरिने भएको छ ।
गौचनको आज अन्त्यष्टि गरिने भएकोले सुरक्षाको माग गर्दै आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरुले भोलीसम्मका लागी आन्दोलनका सवै कार्यक्रम स्थगन गरेको नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ती मार्फत जनाएको छ ।
अध्यक्ष गौचनको हत्याले देशको निर्माण जगतमा अतुलनीय क्षति पुगेको महासंघले जनाएको छ । आफ्ना अध्यक्षको हत्यारालाई सथासिघ्र पत्ता लगाई सजाय नदिए आन्दोलनका कार्यक्रम यथावत राख्ने महासंघले जनाएको छ ।

