गोली लागेका विप्लव नेतृत्वको नेकपाका नेताको मृत्यु (विज्ञप्ति सहित)

काठमाडौं,८ जेठ । प्रहरीले चलाएको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ । भोजपुर सदरमुकामबाट ७० किमी टाढा जंगलमा हतियारसहित विप्लवका कार्यकर्ता रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई हतियार देखाएर तर्साउन खोजेपछि प्रहरीले गोली चलाउनुपरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।

गोली लागेको जंगलदेखि ५ घण्टाबाट बोकेर तल सडकमा ल्याइएको थियो । त्यसपछि एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । बाटोमा पहिरो खसेकाले एम्बुलेन्स पनि केहीबेर रोकिएको थियो अर्को एम्बुलेन्स खोजेर राति १ बजे धरान पु¥याइएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको छ । उनले जिल्लामा विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा प्रहरीले निरन्तर गस्ती गरेको बताए । प्रहरीको गोली लागेर मृत्यु भएका घिमिरे षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका व्यक्ति हुन् ।

घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here