गोरखा सैनिकप्रतिको विभेद अन्त्य गर्न सांसदको माग, संसदमा कर्मचारी समायोजन विधेयक प्रस्तुत

काठमाडौँ, २५ माघ। सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसद योगेश भट्टराईले गोरखा सैनिकप्रति भएको विभेदको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनु भयो। बैठकको विशेष समयमा उहाँले विश्वमा गोरखा सैनिकले पु¥याएको योगदान स्मरणीय रहेको बताउनुभयो ।

सांसद भट्टराईले बेलायतले गोरखा सैनिकसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाइ गरेको बताउँदै बेलायती सेना र गोरखाली सेनालाई उपलब्ध गराउँदै आएको सुविधामा विभेद भएको बताउनुभयो ।

यसैबिच,बैठकमा ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रस्तुत भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो ।

विधेयक प्रस्तुत गर्नुहुँदै मन्त्री अधिकारीले समायोजन हुँदा सङ्घमा बढी कर्मचारी हुने र तल कम हुने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो ।

‘कर्मचारी समायोजन विधेयक, २०७५’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राख्नु भएको विरोधको सूचना बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here