गोमेज सेक्सी सेल्फी अवतारसँग पुन: प्रस्तुत

एजेन्सी-मिर्गौला प्रत्यारोपणपछि लामो समय मौन बसेकी हलिउडकी नायिका तथा गायिका सेलेना गोमेज सेक्सी सेल्फी अवतारसँग पुन: प्रस्तुत भएकी छिन् । उनले सामाजिक सञ्जाल इन्टाग्राममार्फत त्यस्तो तस्बिर सार्वजनिक गरेकी हुन् ।

केही महिनायता प्रेमी गायक जस्टिन बाइबारसँग ब्रेकअप भएको सेलेनाको पुनर्मिलन भएको भन्ने विषयमा स्पष्टीकरण दिँदै उनले सो सेल्फी सार्वजनिक गरेकी हुन् । वुमन अफ दी इयरको रूपमा चिनिएकी सेलेनाले उनीहरूको सम्बन्ध खत्तम हुनुको मतलव जस्टिनलाई माया नै नगर्ने भन्ने होइन भन्ने अभिव्यक्ति दिएकी छिन् ।

यसले उनीहरूको साँच्चै नै पुनर्मिलन होला कि भन्ने आसय देखाएको उनका फ्यानहरूले बताएका छन् । संसारभरमा रहेको लाखौं फ्यानहरू उनीहरूको यो खबरले निकै खुसी भएका छन् । तिनका फ्यानहरू चाहन्छन्, उनीहरूको पुनर्मिलन चाँडै होस् ।

जस्टिन र सेलेना भर्खरै पनि सँगसँगै रमाइरहेका भेटिन थालेका छन् । भेटमा उनीहरू प्रफुल्लित देखिएका छन् । जस्टिनले हालै गार्डेन बारमा सेलेनाको लागि पियानो बजाउँदै गीत गाएका थिए । गत मे महिनामा सेलेना गोमेज अकस्मात बिरामी पर्दा दुवै किड्नीले काम गर्न छाडिसकेको थाहा भएको थियो।

उनको जीवन बचाउन तुरुन्त किड्नी प्रत्यारोपण गर्नुपर्ने थियो । उनको आफ्नै वेस्ट फ्रेन्ड २९ वर्षीया फ्रेन्सिया रोजाले किड्नी दान गर्न राजी भएकी थिइन् । यस खबरले सेलेनाको फ्यानहरूलाई स्तब्ध बनाएको थियो । गोप्य रूपमा किड्नी प्रत्यारोपण गरेको चार महिनामा स्वस्थ्य भएपछि मात्रै उनी सार्वजनिक भइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here