गैर आवासीय नेपाली दिवस मनाइँदै

काठमाडौं,२५ असोज– आज गैर आवासीय नेपाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । हरेक वर्षको असोज २५ गतेका दिन यो दिवस मनाउने गरीन्छ ।
यो एउटा सार्क मुलुक बाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मुलका बिदेशी नागरीक अटाउन सक्ने गैर –आवासीय नेपाली हरूको अंतराष्ट्रिय संजाल हो ।
नेपाली पासपोर्ट बोकेर ६ महिना या बढि समयकालागि रोजगारी, बसाइ –सराई या शिक्षाको सन्दर्भमा अन्य देशमा वसोवास गर्ने नेपालीलाई गैर आवासीय नेपाली भनिन्छ ।
नेपालको मात्र उन्नती नभइ नेपाल बाहीरका नेपालीको पनि प्रशिद्धि बढन स्क्ने र जन्मभुमीको बिकासका लागी सबैले यथासक्य सहयोग गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ स्थापना भएको हो ।
हाल सम्म ४१ वटा देसमा यसका च्यापटर हरू विस्तारीत भएका छन । यस्को पहिलो सम्मेलन सन २००३ मा काठमाडौंमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here