गैरकानुनी आप्रवासीको संख्यामा उल्लेख्य कमी

एजेन्सी । युरोपियन युनियनका सदस्य मुलुकमा गैरकानुनी आप्रवासीको संख्यामा उल्लेख्य कमी आएको एक प्रतिवेदन सार्वजनिक भएको छ ।

सन् २०१८ मा १ लाख ५० हजार गैरकानुनी आप्रवासी युरोप प्रवेश गरेका अध्ययनले देखाएको छ । जुन सन् २०१३ यता कै न्युन संख्या हो । भु–मध्य सागर पार गर्दै ईटालीको तटिय क्षेत्रबाट प्रवेश गर्ने आप्रवासीलाई प्रवेशमा कडाई गरेदेखि नै आप्रवासीको सख्ंयामा कमी आएको बीबीसीले उल्लेख गरेको छ ।

यद्यपी, स्पेन पुग्ने आप्रवासीको संख्या भने दोब्बर भएको छ । सन् २०१५ को दाँजोमा सन् २०१८ मा गैरकानुनी आप्रवासीको आगमनमा ९२ प्रतिशतले कमी आएको हो । अफ्रिकाबाट भु–मध्य सागर हुँदै ईटाली प्रवेश गर्नेको संख्यामा गत वर्षको तुलनामा ८० प्रतिशतले कमी आएको छ ।

भु–मध्य सागरमा फसेका डुंगाहरुलाई ईटालीले आश्रय नदिएपछि आप्रवासीले युरोप प्रवेशको प्रयास छाडेका हुन् । भु–मध्य सागर हुँदै युरोप प्रवेशको प्रयासमा यात्रा गर्ने २ हजार जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here