गैंडा बचाउन अफ्रिकन विज्ञ टोली नेपाल

काठमाडौं,८ असार ।  गैंडा मर्ने क्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जमा विज्ञटोली आज नेपाल आउँदै छ । निकुञ्जमा भार क्षमता (क्यारिङ क्यापासिटी) अध्ययन गर्न अफ्रिकाबाट दुई विशेषज्ञ आज नेपाल आउँदै गरेको निकुञ्जले बताएको छ ।

अफ्रिकाका डा. रिचर्ड र डा. केरिनले एक साता नेपाल बसेर अध्ययन गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

नेपालका विज्ञले पनि निकुञ्जको क्षेत्रफल कति गैंडाका लागि उपयुक्त हो भनेर अध्ययन गरिरहेका छन् । ९५२.६३ वर्ग किमि क्षेत्रफलमा फैलिएको चितवन निकुञ्जमा गैंडाका लागि मुख्य वासस्थान २५ प्रतिशत मात्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here