ललितपुर, १८ चैत – जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ ।
उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाब फर्काएर अवैध रुपमा बालुवा तस्करी गरिरहेको हो ।
उनीहरुले सञ्चालन गरिरहेको साइनिङ बालुवा वासिङ सेन्टरबाट दैनिक सयभन्दा बढी टिपर बालुवा जिल्लाका विभिन्न डिपोमा पुग्ने गरेको स्थानीयको भनाइ छ । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, वडाध्यक्ष लामाले २० भन्दा बढी कामदार र टोले गुन्डाहरुको प्रयोग गरेर बालुवा तस्कर गर्दै आएका छन् ।
तस्करको कुरा माथिसम्म पुग्ला भनेर बाहीरी मान्छेलाई यहाँ प्रवेश गर्न दिँदैनन् । वडाध्यक्ष लामाका अनुसार उक्त खानीका मुख्य लगानीकर्ता दिनेश हुन् । आजको नागरिकमा खबर छ ।

