गुल्मीमा अझै मतगणना सुरु भएन

गुल्मी,२२ मंसिर–गुल्मीमा अझै मतगणना सुरु भएको छैन् । निकै चर्चामा रहेको गुल्मी क्षेत्र १ का सबै मतपेटिका बिहीबार नै सदरमुकाम ल्याइए पनि दलहरुको बैठक बस्न ढिला भएकाले मतगणना सुरु भएको छैन । तर क्षेत्र नम्बर १ को मतगणना हुने ठाउँ जिल्ला समन्वय समितिको हलको आँगनमा दुइ प्रतिष्पर्धी प्रदिप ज्ञवाली र चन्द्र भण्डारी घाम ताप्दै गफ गरेर बस्नुभएको छ ।
उहाँहरुले देशभरीको प्रारम्भिक परिणामबारे विश्लेषण गरिरहनु भएको छ । उहाँहरुबिच बेला बेलामा ठट्टा पनि चलिरहेको छ । बेला बेलामा भने गम्भिर गफ पनि भैरहेका छन् । वाम गठबन्धनका कारण प्रत्यक्षतर्फ धेरै सिट आएपनि समानुपातिकमा मतदाता झुक्किएकोले एमाले र काँग्रेसको मत बराबरी आउने प्रदिप ज्ञवालीले गुनासो गर्नुभयो । तर बाकस नखोली केहि भन्न नसकिने भण्डारीको तर्क थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here