गुम्मीको झाडापखाला प्रभावित क्षत्रेबाट जनस्वाथ्य कार्यालयको टोली फर्कियो,(डब्ल्यूएचओ) जादै

गुल्मी,१४ बैशाख । गुल्मीको मुसिकोट नगरपालिका–४, दजाकोटमा झाडापखालाका कारण बिरामी हुनेको संख्या १ सय ५५ पुगेको छ । १ सय ४८ जनाको उपचार भैरहेकोमा थप ७ जना झाडापखालाबाट बिरामी भएका हुन् । बिरामीमध्ये ५ जनाको जिल्ला अस्पताल तम्घास र एक जनाको चितवनमा उपचार भैरहेको छ । अरु बिरामीको अस्थायी शिविरमै उपचार भैरहेको छ ।
प्रभावित गाउँमा पुगेको जिल्ला जनस्वाथ्य कार्यालयको टोली भने फर्किएको छ । झण्डै ५ किलोमिटर टाढाको ट्यांकीमार्फत दजाकोटमा वितरण गरिएको पानी पिएका स्थानीय बासिन्दामा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले बताउनुभयो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र रोग नियन्त्रणको टोली आज झाडापखाला प्रभावित क्षेत्रमा पुग्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here