गुठीसम्बन्धी दृष्टिकोण नसच्याए सरकार ढल्न सक्छः कांग्रेस

काठमाडौं,३० जेठ ।  नेपाली कांग्रेसले सनातन धर्मसंस्कृति र परम्परासँग जोडिएको गुठीसम्बन्धी दृष्टिकोण नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएको छ । पशुपतिनाथ मन्दिरका मूल भट्ट परिवर्तन गर्न खोज्दा तत्कालिन माओवादी नेतृत्वको सरकार ढलेको उदाहरण दिँदै कांग्रेसले धर्मसँगै जोडिएको गुठीसम्बन्धी दृष्टिकोण नसच्याए वर्तमान सरकार ढल्न सक्ने चेतावनी दिएको हो ।

काँग्रेसको नियमित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले परम्परा, धर्म, संस्कृतिका सम्बन्धमा स्थापित गुठीहरुको बारेमा सरोकारवालाहरुसँग विमर्श नगरी गुठियारहरुको भावनामा पुग्ने चोटको हेक्का नराखी विधेयक ल्याएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सरकार मुलुकलाई समृद्धिको दिशातर्फ उन्मुख गराउनुको साटो आफैं द्वन्द्व निम्त्याइरहेको पनि दाबी गर्नुभयो । सरकार विभिन्न धर्म प्रचारका लागि आयोजना गरिएका कार्यक्रमहरुमा सहभागी हुन आपत्तिजनक भएको बतउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here