गायीका एरियाना ग्रान्डेको कन्सर्टमा हमला १९ को मृत्यु ५० घाइते

एजेन्सी–बेलायतको म्यानचेस्टर शहरमा गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने, ५० जना भन्दा धेरै घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट गराइएको हो ।
ठूलो आवाजसहित भएको विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बिबिसीले जनाएको छ । विस्फोटपछि म्यानचेस्टर भिक्टोरिया स्टेसनबाट रेल आवागमनमा रोक लगाइएको छ ।
गायिका एरियाना ग्रान्डे भने सुरक्षित रहेको त्यहाका अधिकारीहरुले बताएका छन् । प्रहरीले घाइतेको उद्धार गरी अस्पताल पठाइरहेको जनाएको छ ।

विस्फोट कसले र किन गराएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन । आतंकवादी आक्रमण भएको प्रहरीको आशंका छ ।
मध्ये म्यानचेष्टरमा रहेको उक्त क्षेत्रमा अहिले बम निस्क्रिय पार्ने विशेष सुरक्षा विज्ञहरुको टोली र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here