गायिका प्रकृतीले यसरी नचाइँन नीतालाई छमछमी (भिडियो सहित)

काठमाडौं,  गायिका बसन्ता प्रकृतीको आवाजमा रहेको ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीत अहिले बजारमा धेरै चर्चामा रहेको छ । गीतको भिडियोमा नायिका नीता ढुंगानाले छमछमी नाचेकि छन् ।
नीता तीज पर्व आएसँगै नेपाली कलाकार र गायक गायिकाको व्यस्तता बढीरहेका बेला उनी यस वर्षको तीजको गीतमा मोडलिङ गर्न व्यस्त छिन् । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतले सार्वजनिक भए लगत्तै राम्रो चर्चा कमाईरहेको छ ।

शिव विकले निर्देशन गरेको यो भिडियोलाई रविन विकले सम्पादन गरेका छन्, भने शम्भु चालिसेले छायांकन गरेका हुन् । गायिका बसन्ताले यस अगाडी निकालेका गीतहरु कति बस्छौ टाढा टाढा, हेरि सिधै नजरमाले नेपाली सांगीतिक क्षेत्रमा एउटा छुट्टै स्थान बनाउन सफल भएका थिए । गायिका बसन्ताले आफ्नो गीतमा मौलिकता रहेकाले दर्शक स्रोताले मन परेको बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here